ओलीलाई प्रधानमन्त्री बनाएर एमसीसी पास गर्न खोजेपछि निर्णयमा पुग्यौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका छन् ।

माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ । एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमालेको योजनाअनुसार प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणासहितको एमसीसी पास भएपछि गठबन्धन जोगिएको बताएको एक केन्द्रीय सदस्यले बताए ।

व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको बताए ।

‘हामीले एमसीसी परिमार्जन, सशोधन र राष्ट्रिय सहमति बनाएर अघि बढाउनुपर्छ भनेका थियौँ । हामीले रिजेक्टमा त हामीले भनेका छैनौँ । यद्यपि अध्ययन गर्दै जाँदा कतिपय साथीहरुलाई स्वीकार गर्न नहुने लागेको छ’, प्रचण्डले भने, ‘नेपालको संविधान र कानुनको व्यवस्थालाई कमजोर पार्ने गरी भएका प्रावधानलाई स्वीकार्न सकिँदैन ।