काठमाडौंमा एकैदिन १ हजार ६४३ सवारी चालकमाथि कारवाही
काठमाडौं, काठमाडौं उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।
सो कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् ।
यसैगरी ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको छ ।
प्रतिकृया दिनुहोस्