May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

रुसले हमलाको चौथो दिन : सर्वसाधारणको हताहत र रुवाबासि

युक्रेनमाथि रुसले हमला गरेको आज चौथो दिन हो । युक्रेनका कयौँ शहरमा भीषण युद्ध जारी रहेको छ । यसबीच संयुक्त राष्ट्रले अनुसार युक्रेनमा अहिलेसम्म कूल २४० जना आम नागरिक हताहत भएका छन् भने ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

हमलाको कारण भवन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यसकारण हजारौँ मानिस बत्ती र पानी बिना बाँच्न बाध्य बनेका छन् । संयुक्त राष्ट्रका अनुसार १ लाख ६० हजारभन्दा बढी नागरिकले युक्रेनमा आफ्नो घर छाडिसकेका छन् ।

आन्तरिकरुपमा विस्थापित भएका उनीहरू अन्तर्राष्ट्रिय सीमाबाट देश छाड्ने प्रयास गरिरहेका छन् ।युक्रेन सरकारका अनुसार रुसको हमलाको कारणले ठूलो शरणार्थी सङ्कट पैदा हुन सक्छ । रुसको आक्रमणले ५० लाखलाई शरणार्थी बनाउन सक्ने सरकारको अनुमान छ । अन्तर्राष्ट्रिय सीमामा देश छाड्नका लागि १५ किलोमिटर लामो लाइन देखिएको बीबीसीले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको