राष्ट्रपति जेलेन्स्कीले पुटिनबाट युक्रेनको रक्षा गर्न सक्लान् त ?

जब भोलोदिमिर जेलेन्स्की पहिलो पटक युक्रेनका राष्ट्रपतिको रुपमा टिभी स्क्रिनमा देखिए तब उनी एक चर्चित कमेडी कार्यक्रममा भाडामा बस्ने मानिसको भूमिका निभाइरहेका थिए । तर जीवनले कलाको नक्कल ग¥यो र सन् २०१९ को अप्रिलमा वास्तवमै उनी युक्रेनका राष्ट्रपति बने ।

हाल उनी साढे ४ करोड जनताका राष्ट्रपतिका रुपमा रुसको आक्रमणको सामना गरिरहेका छन् । सर्भेन्ट अफ द पिपुल्स सिरिजमा उनले इतिहासको एक शिक्षकको भूमिका निभाएका थिए, जो भाग्यले देशको राष्ट्रपति बने । विनम्र शिक्षकका रुपमा भ्रष्टाचारको विरुद्धमा दिएको उनको बयान अनलाइनमा भाइरल समेत भएको थियो ।

यो यस्तो मन छुने कथा थियो, जसमा राजनीतिबाट निराश युक्रेनका मानिसमा नयाँ आशा पलाएको थियो । भोलोदिमिर जेलेन्स्की पूर्वमा शान्ति र स्पष्ट राजनीतिपछि राजनीतिमा आए र आफ्नो पार्टीको नाम सर्भेन्ट अफ द पिपुल्स राखेका थिए ।अब युक्रेनमा रुसको आक्रमणले यी राष्ट्रिय नेतालाई अन्तर्राष्ट्रिय संकटको केन्द्रमा ल्याइदिएको छ । पुनः रुससँग शीतयुद्धको सम्झना गराइदिएको छ । ४४ वर्षीय राष्ट्रपतिका सामु अब आफ्नो देशलाई सुुरक्षित राख्ने र अन्तर्राष्ट्रिय समर्थन हासिल गर्ने चुनौती छ ।

नाटकीय ढंगबाट बने राष्ट्रपति उनले राष्ट्रपति बन्नका लागि पारम्परिक बाटो अपनाएनन् । युक्रेनको मध्य शहर किरिवयी रिहमा यहूदी परिवारमा जन्मेका भोलोदोमिर जेलेन्स्कीले किभ नेशनल इकोनोमिक युनिभर्सिटीबाट कानुनमा डिग्री हासिल गरेका छन् । तर वास्तवमै भन्ने हो भने उनी कमेडीमा सफल भए । उनी युवावस्थामै रुसी टिभीमा कमेडी शोमा नियमित रुपमा समावेश भए । सन् २००३ मा उनले एक टिभी प्रोडक्सन कम्पनी बनाए, जो उनको कमेडी टिम केवार्ताल–९५को नाममा थियो । यो सफल पनि भयो ।