February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

युक्रेनमा रुसको हमला,स्थिति तनावपूर्ण

रुसले युक्रेनमाथि हमला गरिसकेको छ । संसारका विभिन्न देशको अपिललाई किनारा लगाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएका हुन् । रुसी सेनाले आक्रमण गर्न सुरु गरेलगत्तै युक्रेनको स्थिति तनावपूर्ण भएको छ । रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ ।




युक्रेनको सीमा नजिकै एक महिला रुँदै । यहाँ नजिकै रुसी सेनाले हमला गरेका छन् । बेलारुसबाट प्रवेश गर्दै रुसी सेना यसतर्फ अघि बढेको थियो ।



रुसद्वारा हमला गरिएपछि युक्रेनको किएभ शहरमा जामको स्थिति देखियो । मानिस बजार तर्फ दौडिरहेको देखिएका  छन् ता कि सामान लिएर आफ्नो घरमा कैद हुन सकून् ।



युक्रेनको किएभमा ठूलो संख्यामा मानिस मेट्रो स्टेशनतर्फ  गइरहेको देखिएका छन् । रुसद्वारा गरिएको हमलाका बीच शहरमा साइरन बजिरहेको थियो । यस्तोमा मानिससँग आफ्नो घर र सुरक्षित स्थान जानुबाहेक अर्को विकल्प थिएन ।



युक्रेनको हमलामा खैरकिएभ इलाकामा एक वृद्धा घाइते भइन् । यहाँ भवन बाहिर एयरस्ट्राइक भएको छ, जसमा महिलालाई गम्भीर चोट लाग्यो ।





युक्रेनको मारियुपोल शहरको तस्बिर, जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई हमलाको आदेश दिए तब रुसी सेना मारियुपोल शहरमा घुसेका थिए ।

युक्रेनको नोभेलुहान्स शहरमा रुसी सेनाले अत्यधिक हमला गर्दा यहाँका घरमा असाध्यै क्षती भए । पूर्वी युक्रेनको यसै हिस्सामा जब रुसी सेनाको आक्रमणबाट त्यहाँका घर बर्बाद भए तब घर भित्रबाट आफ्नो सामान जोगाउँदै एक व्यक्ति ।

रुसको हमलापछि युक्रेनको किएभ शहरमा मानिसको लामो लाइन पेट्रोल, ग्यास पम्पबाहिर लाग्यो । जोकोही तयारी गर्न चाहन्थे र कुनै पनि प्रकारको स्थितिका लागि तयार रहन चाहन्थे ।

युक्रेनको किएभ इलाकामा डिनिइपर नदी नजिकै राती जब बिस्फोट भयो तब यस्तो धुँवा उठेको थियो ।

यो तस्बिर पूर्वी युक्रेनको किएभको हो जहाँ हमलाको सुरुवातअघि नै मानिस बाहिर निस्कन सुरु गरेका थिए । मानिसहरु यहाँ आफ्नो लगेज लिएर सुरक्षित स्थानतर्फ निस्केका थिए । यो एक शहरको मात्रै नभई पूरा युक्रेनको तस्बिर हो जहाँ मानिस बंकरमा जान बाध्य भइरहेका छन् ।

किएभको शहरी इलाकामा एउटा मिसाइल खास्दा देखिएको दृश्य एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको