रौतहटमा युवा संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न, १५० जनाको सहभागिता

रौतहट, जिल्लाको चन्द्रपुर नगरपालिका-४ मा राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगरपालिकाका नगर कमिटीका अध्यक्ष विक्रम लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा २२ महिला सहित १५० जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमको उद्धाटन मधेश प्रदेश नम्बर २ को नेकपा एमालेकी प्रदेश कमिटि उपसचिव आरती भण्डारीले गरेकी थिईन । कार्यक्रममा भण्डारीले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाईदा हुने बताएकी छन् ।


यसैगरी कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य उदव रेग्मी, बिशिस्ट अतिथिमा कुन्दन कुशवाहा, आरती भण्डारी, दिवाकर सापकोटा, कृष्ण अधिकारी, नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव अचार्य र अभि घिमिरे लगायत उपस्थिति रहेको थियो ।
लेखकको सम्वन्धमा