June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, आज २०७८ फागुन ८ गते आइबार । तपाईँको आजको दिन कस्तो रहनेछ, यस्तो छ आजको फलादेश ।

राशिफल

मेष
आजको दिन सामान्य राम्रो रहनेछ। आम्दानी हुने देखिन्छ। गरेको लगानी उठ्ने योग रहेको छ। शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र सामान्य रहे पनि राजनीतिक क्षेत्रमा धेरै साथीले हौसला प्रदान गर्नेछन्।

वृष
दिन राम्रो नै भन्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। शरीरमा स्फूर्ती बढ्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा गर्नुहोला। पुराना साथीभाइसँग भेट हुनेछ।

मिथुन
दिन राम्रो छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। आज तपाईंले शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। पठनपाठनमा जोश बढ्नेछ।

कर्कट
दिन सामान्य राम्रो छ। साथीभाइ नकारात्मक भएकाले आर्थिक कारोबार नगर्नुहोला। पठनपाठन भन्दा मनोरञ्जनमा ध्यान जानेछ।

सिंह
आजको दिन सामान्य छ। पैसा आर्जन गर्ने बाटा प्रशस्त छन्। पठनपाठनमा जोश बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ।

कन्या
दिन निकै राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। बोल्नुपर्ने ठाउँमा आफै अगाडि सरेर बोल्नुहोला। प्रतिस्पर्धी सक्रिय रहेकाले बढी तर्क भने नगर्नुहोला।

तुला
दिन सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। गरेको श्रमले फाइदा हुनेछ। पठनपाठनमा जागर बढ्नेछ।

वृश्चिक
दिन सामान्य राम्रो छ। दिन सामान्य भए पनि विद्याको क्षेत्रमा प्रगति हुनेछ। कुनै परीक्षाको नतिजा आउने समय भएको भए राम्रो हुनेछ। अध्ययनमा रुची बढ्नेछ।

धनु
दिन राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। सभा, सम्मेलन र गोष्ठीमा तपाईंको प्रशंसा हुन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

मकर
दिन राम्रो छ। बिहान सूर्यको दर्शन गरेर मात्र खाजा खानुहोला। व्यापार व्यावसायमा फाइदा हुनेछ। वैदेशीक क्षेत्रको लागानीले उल्लेखनीय नतिजा दिनेछ।

कुम्भ
दिन राम्रो छैन। वादविवाद हुने देखिन्छ। यात्रा गर्दा सचेत हुनुहोला। आफन्तसँग जोगिएर व्यवहार गर्नुहोला।

मिन
दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा राम्रो देखिन्छ। अध्ययनमा जागर बढ्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारमा सुमधुर सम्बन्ध रहने छ।

शीर्ष समाचार

धेरै पढिएको