आत्मा हत्याको बिचार किन आउँछ र कसरी बच्ने ? मनाेविद पाेखरेलकाे सुझाव

दक्षिण काेरिया फागुन ५ गते । नेपाली राजदुतावास दक्षिण काेरियाले गत जनवरी २ तारिखदेखि “व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरिरहेको छ ।त्यसै क्रममा यसै आउदो आइतबार फेब्रुअरी २१ तारिखका दिन आत्मा हत्याको बिचार किन आउँछ र कसरी बच्ने भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रम आइतबार काेरियन समय साँझ ७ बजे देखि ८: ३० बजेसम्म हुने जनाएकाे छ। कार्यक्रम जुम मार्फत हुने छ भने कार्यक्रममा सहभागी हुनका लागि जुम आइडि पनि दुतावासले उपलब्ध गराएको छ।
काेरियाका लागि श्रम काउन्सेलर रमा भट्टराईका अनुसार हालसम्म काेरियामा आत्मा हत्या गर्ने नेपाली नागरिककाे संख्या ५७ जना पुगिसकेका छन् । काेरिया जस्तो देशमा पुगेर पनि नेपालीले किन र के कारण आत्माहत्या राेज्न पुगेका छन् यसकाे न्यूनीकरण कसरी गर्ने,खासगरी नेपाली श्रमिकले ख्याल गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै मनाेविद स्वामी अनुप पाेखरेललाई निमन्त्रणा गरेकाे बताएकी छन् ।
काेरियामा औद्याेगिक दुर्घटना न्यूनीकरणका लागि र अन्य कुराहरुमा पनि नेपाली सचेत रहुन भनेर दुतावासले तालिम दिएकाे बुझिएको छ ।
त्यसैगरी कोरियामा कार्यरत नेपाली श्रमिकहरु विभिन्न प्रकारका कार्यस्थल दुर्घटनामा परी घाईते, अंगभंग तथा मृत्यु समेत भईरहेको अवस्थामा उक्त घटनाहरु न्यूनीकरणका लागि नेपाली राजदूतावास सउलले आयोजना गरेको उक्त कार्यक्रममा काेरियामा अबस्थित सबै नेपालीहरुलाई उपस्थितको लागि दुतावासकाे अनुरोध छ ।
व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण तालिमकाे आयाेजना नेपाली राजदुतावास काेरियाले गरेकाे हाे भने सहयाेगी भुमिकामा एनआरएनए दक्षिण काेरिया रहेकाे छ । उक्त अभिमुखिकरण तालिम ९ हप्तासम्म सञ्चालन गरिने छ । जसमध्ये ७ भाग कार्यक्रम सकिसकेकाे छ अबको बाकी कार्यक्रममा पनि उपस्थिति जनाउन सकिनेछ । कार्यक्रममा सहभागी हुनकाे लागि तल व्यानरमा दिइएको जुम आइडि लगइन गरि आगामी आइतबार अथवा फेब्रुअरी २१ तारिखका दिन सहभागी हुन सकिनेछ ।
प्रतिकृया दिनुहोस्