June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो ।

काठमाडौंसहित देशैभरि एकीकृत समाजवादी तथा जनवर्गीय संगठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता यथास्थितिमै पारित गर्न सकिँदैन, एमसीसी सम्झौता खारेज गर, नेपालको संविधान सबैभन्दा माथि हो लगायत नारा लगाउँदै एकीकृत समाजवादीले विरोध प्रदर्शन गरेको हो ।

पाँच दलीय गठबन्धनको सरकार अहिले छ । तर, प्रधानमन्त्री देउवाले संसद्मा टेबुल गर्ने रणनीतिअनुसार अगाडि बढेका छन् । यस विषयमा शीर्ष नेताबीच पटक पटक छलफल हुँदै आएको भए पनि सहमति जुट्न सकेको छैन ।

पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्र्चाले यथास्थितिमै एमसीसी सम्झौता संसद्बाट पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर, सत्तारूढ नेपाली कांग्रेसले एमसीसी जसरी भए पनि पारित गर्ने रणनीतिमा लागेको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको