June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

सहिदको परिवारलाई उचित क्षतिपूर्ति र व्यावस्थापन हुनुपर्नेमा तिमिल्सैनाको जोड

नेकपा माओवादी केन्द्र का नेता खकेन्द्र तिमिल्सैना खुमन ले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिदै माओवादी केन्द्रमा सबै छरिएर रहेका माओवादी घटक दलहरुलाई एकताको आह्वान गरेका छन् ।

उनले माओवादी केन्द्रले महान जनयुद्ध सुरु गरेको दिनको सम्झनामा मनाइने यो दिवसको बिषेश महत्व रहेको पनि बताए महान जनयुद्धमा सहादत प्राप्त गर्नुहुने सहिदको सपना पुरा नभएको घाइते अपाङ्ग हरुको उचित व्यवस्थापन नभएको कुरा लाइ गम्भीर रुपमा लिनुपर्ने उनिहरुको परिवारलाई उचित क्षतिपूर्ति व्यावस्थापन हुनुपर्ने बेपत्ता पारिएका व्यक्तिको खोजी कार्यलाइ सरकारले प्राथामिकता दिनु पर्ने समेत उनको जोड छ ।

जनयुद्ध सुरु हुँदा यति ठुलो उपलब्धि होला कसैले नसोचेको परिस्थितीमा आज गणतन्त्र, संघियता धर्मनिरपेक्षता समानुपातिक प्रतिनिधित्व आदि थुप्रै अधिकार नेपाली जनतामा स्थापित भएको पनि उनको दाबि छ । केहि प्रतिगमनकारी शक्ति हरु प्राप्त उपलब्धि लाइ अहिले पनि उल्ट्याउने प्रयासमा लागेको भन्दै त्यो माओवादी रहुन्जेल दिवा सपना हुने उनले भने ।

मुलुकको स्थिति बिभिन्न कोणबाट हेर्दा निकै जटिल र गम्भीर अवस्थामा पुगेको अहिले को परिस्थिति मा जनयुद्ध जनआन्दोलन बाट प्राप्त उपलब्धि लाइ जोगाउन सकिएन भने प्रतिगामी र यथास्थितिवादी हरु को चङ्गुलमा नेपाल फस्ने र देशी विदेशी चलखेल हस्तक्षेप नेपाल माथि हुने निकै ठुलो खतरा बढ्दै जाने समेत उनको चिन्ता छ ।

माओवादी ले मान्छे मारेर आएको भन्नेहरुलाइ चुनौती दिदै उनले जनयुद्ध माओवादीले नलडेको भए आज र राजा रजौटाहरु को दास भएर बस्नुपर्ने स्थिति हुन्थ्यो ति ढोगिहरु आज राजाको नोकर हुन्थे अर्को कुरा क्रान्ति युद्ध मा एकोहोरो बल प्रयोग हुदैन दोहोरो भिडन्तमा शाही नेपाली सेनाबाट अधिकांश मान्छेले जीवन गुमाएका छन् यसलाई माओवादीले गर्यो भन्ने हरु कुप्रचारमा लागेका र उनिहरू अझपनि त्यहि परिवेशमा थिचोमिचो सामन्ती प्रवृत्तिमा रमाउन सिकेका हरुनै भएको उनले बताए ।

एमसिसि को सन्दर्भमा बाहिर जति हल्ला भएको भएपनि माओवादी केन्द्रको अहिलेको प्रष्ट बटमलाइन यथास्थितिमा राष्ट्रिय सहमति बिना जनताको भावना बिपरित संसोधन नगरेर पास गर्न हुदैन भन्ने रहेको यदि प्रधानमन्त्री देउवाले संसदमा पास गराउन खाेजे माओवादी केन्द्र विपक्षमा उभिनेमा पनि उनले प्रष्ट पारेका छन्।

शीर्ष समाचार

धेरै पढिएको