June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

महाभियोगको दर्तापछि प्रधानन्यायाधीशले भने म राजीनामा दिन्न

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्ताव दर्ता भएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै प्रधानन्यायाधीश जबराले भने–‘ म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’

जबराले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए । राणाविरुद्ध नेपाल बार एशोसिएशनले पनि आन्दोलन गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको