October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

प्रदर्शनकारीहरूलाई घर जान क्यानाडाका प्रधानमन्त्री जस्टिनको आग्रह

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, “सबै कुरा वार्ताको टेबलमा छ” भन्नुभएको छ।

“यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,” ट्रूडोले भन्नुभयो। “हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ।

ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बतताउँनुभएको छ।

संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्: नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती “अवैध” र “गैरकानूनी” गतिविधि अन्त्य हुनुपर्छ, उहाँले थप्नुभयो ।

उहाँले भन्नुभयो संघीय सरकारले “अर्थतन्त्रलाई बन्धक बनाउने” र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन।

शीर्ष समाचार

धेरै पढिएको