September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

ज्यान सम्बन्धी कसूरमा संलग्न अघोरी पक्राउ

ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको थियो ।उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको