June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ २८ गते शुक्रबार इश्वी सन २०२२ फेब्रुवरी ११ तारीख ।

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।

शीर्ष समाचार

धेरै पढिएको