May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

प्रचण्डलाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरागर्न खोज्नेहरु चुनावमा पत्तासाफ हुन्छ : खकेन्द्र तिमिल्सैना

नेकपा माओवादी केन्द्रका युवानेता खकेन्द्र तिमिल्सैना खुमन ले एमसीसीलाइ धेरै ले गलत प्रचार गर्ने काम गरेको बताउँछन् ।

उनका अनुसार एमसिसि आफैमा राष्ट्रघाती छ यसले नेपाली जनताको हित गर्दैन यसलाई खारेज गर्नुपर्छ भन्ने आवाज जनताले उठाइरहेका बेला एमसिसी पास गर्छु भनेर प्रचार गर्नु भनेको जनताको अभिमत लाइ हेला गर्नु सरह हो एमसिसि खारेज गर्नुपर्छ भन्ने उनको भनाइ छ।

साथै तिमिल्सैनाले आफ्नो पार्टीको स्पष्ट बटमलाइन एमसिसि यथास्थितिमा पास हुदैन भन्ने नै भएको हुँदा पछिल्लो समयमा प्रधानमन्त्री र पार्टी अध्यक्ष को पत्रलाइ विवादमा ल्याउने सड्यन्त्र भएको भन्दै यो देश को मुद्दा भएकाले केही मान्छे हरु ले अपव्याख्या गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको समेत उहाँ को आरोप लगाएका छन् ।

एमसिसि प्रस्तावमा गरेको सम्झौतामा सबै राम्रो भन्नेहरुका लागि सम्झौता र भित्री रहस्य फरक हुने गरेको दृष्टान्त छन् उनले भने ।अमेरिकी जस्तो साम्राज्यवादी देशले नेपाल लाइ बिभिन्न रणनीति का साथ यो सम्झौता गरेको उनको भनाइ रहेको छ।

सैन्य रणनिती समेत यो सम्झौता मा नभएपनि उसको परियोजना सञ्चालन भएको ठाउँमा सुरक्षार्थ खटाउने सेना समेत उसले आफ्नो कानुन लगाएर परिचालन गर्न सक्ने भन्दै यो नेपालको लागि दुर्भाग्य हुन सक्ने आकलन छ।तिमिल्सैना ले एमसीसी पास गर्छु भन्ने हरु आफ्नो स्वार्थ पूरा गर्न कै लागि मरिमेट्ने गरेको र यसबाट जनताले के पाउने यसको पक्षमा किन जानुपर्ने उदाहरण को लागि अछाम मुगु जुम्लाको बिकट का गरिखाने मान्छे गाउँमा जस्तो बिरगंजमा परियोजना को ट्रान्जिट प्वाइन्ट भएर बिकटमा के फाइदा हुन्छ ?? उहाँकाे प्रश्न छ ? अब चुनावमा एमसिसि को पक्षमा जाने दलहरु लाइ जनता ले नङ्ग्याउन पर्ने उनको दाबी छ ।

प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्नेहरु चुनाव मा पत्तासाफ हुने स्थिति बनेको माओवादी नेता तिमिल्सैना दावी गर्छन् ।

शीर्ष समाचार

धेरै पढिएको