थप २ हजार ४०१ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ माघ २६
काठमाडौं माग २६ गते। गएको २४ घण्टामा नेपालमा २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ३५६ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १८५१ जना र एन्टीजेन परिक्षण विधीबाट ५५० जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । थप ७७७७ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९५.७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८९२ जना पुगेका छन् ।
प्रतिकृया दिनुहोस्