February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

गोगनपानीमा एक बालक मृत अवस्थामा फेला

जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिए ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दर्जनौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन् । rss

शीर्ष समाचार

धेरै पढिएको