
सिन्धुपाल्चोक, लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगी घटनास्थलको अवलोकन गरेका छन ।
मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेस नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायी रुपमा नजीकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यस कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिएका छन ।





