October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

प्रचण्डलाई बाबुरामले पाखण्डीको संज्ञा दिएपछि…

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पाखण्डीको संज्ञा दिएका छन् । एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै गम्भीर आरोप समेत लगाएका छन् ।

बाबुरामले गएराति ट्वीट गर्दै प्रचण्डलाई भित्र खाओवाद बाहिर माओवाद भनेका छन् । प्रचण्डले भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवादको चरित्र देखाइरहेको आरोप समेत लगाए । प्रचण्डको नाम उल्लेख नगरी उनले दुईजिब्रे भनेका छन् ।

प्रचण्ड र बाबुराम माओवादी जनयुद्धका सहकर्मी हुन् । बाबुरामले कम्युनिस्ट सिद्धान्त छाडिसकेका छन् ।

बाबुरामले भनेका छन्ः भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!

शीर्ष समाचार

धेरै पढिएको