September 28, 2023, Thursday
२०८० आश्विन १२, शुक्रबार

कांग्रेस सभापति बस्नेतद्वारा बाह्रबिसेमा सहयोग सामाग्री हस्तान्तरण

बाह्रबिसे, सिन्धुपाल्चोकको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बालकृष्ण बस्नेतले शारीरिक रुपम अपाङ्ग दुई व्यक्तिलाई सहयोग गरेका छन् ।

शनिबार बाह्रबिसे नगरपालिका-७ स्थित घुम्थाङ राक्से गाउँका एउटै टोलका बासिन्दा बिकुलाल तामाङ र अर्जुन थापालाई खाद्यान्न (चालम, दाल, नुन इत्यादि) तथा ह्विल चिएर हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेकाले दु:खद जीवन बिताइरहेको थाहा पाएलगत्तै उनी त्यहाँ पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

सभापति बस्नेतले विद्यार्थीलाई लत्ताकपडा, विपन्नलाई आर्थिक सहयोग गरि विभिन्न खालका सहयोग सामाग्री बितरण गर्दै आएका छन् । आफु निस्वार्थ समाजसेवामा लागेको र आफ्नो कामलाई निरन्तरता दिइने पनि उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको