April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको दिन ?

काठमाडौं, तपाईको आजको दिन कस्तो रहनेछ । शनिवार माघ २२, २०७८ फलादेश निम्न छन् ।

आजको राशिफल
मेष
आजको दिन सामान्य छ भने आर्थिक क्षेत्रमा झुटको खेती गर्नेहरुको चाङ्गुल छ । सामाजिक क्षेत्रमा निकै राम्रो छ । धन, मानसम्मान प्राप्तीको योग छ।

वृष
आजप्रतिस्पर्धीले समेत प्रशंसा गर्नेछन्। व्यापारमा फाइदा। विद्याको क्षेत्रमा सोचेको भन्दा बढी आँट जाँगर जोश बढ्नेछ। परीक्षाको नतिजामा सन्तोषजनक नम्बर आउनेछ।

मिथुन्
धेरै राम्रो छ भने विद्याको क्षेत्रमा उल्लेखनीय सफलता हात लागिहुनेछ । सामाजिक, पारिवारिक क्षेत्रमा समेत राम्रो सफलता हात लाग्ने योग रहेको छ।

कर्कट
आजको दिन राम्रै छ। न्यायपूर्वक कमाएको धनले आर्थिक भन्दा सामाजिक क्षेत्रमा आनन्दित हुने योग छ। राजनीतिक क्षेत्रमा भने टाढै रहेको राम्रो।

सिंह
दिन राम्रै छ। आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा असफल रहे पनि राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या
दिन राम्रो नै मान्नुपर्छ। विद्याको क्षेत्रमा जोश जाँगर बढ्नेछ। सफलता। प्रेमि प्रमिकासँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लगानी गर्न नडराउनुहोला।

तुला
आजको दिन आर्थिक क्षेत्रमा हात नबढाउनुहोला। ठूलो घाटा हुने योग छ। पठनपाठनको क्षेत्रमा राम्रो अवसर रहेको छ। अन्य क्षेत्रमा भने सामान्य छ।

वृश्चिक
आफैले बोल्दा शब्दहरुको चाङ्ग्ुलमा पर्ने योग छ। अन्य क्षेत्रमा भने यथावत रहेपनि उद्योगको क्षेत्र निकै राम्रो र फाइदा हुने योग रहेको छ।

धनु
दिन राम्रो नै छ। दाजुभाई, भगिनी संस्थाबाट उल्लेखनीय सहयोग मिल्ने योग। आफैले न्यायपूर्ण गरेको लगानीबाट सन्तोष प्राप्त हुने योग छ।

मकर
आजको दिन गरेको लगानीबाट राम्रै फाइदा हुने योग छ। सक्नुहुन्छ भने सेयर लगानी गर्नुहोला। बुवा आमाको आज्ञा पालना गर्दै अघि बढ्नुहोला।

कुम्भ
आजको दिन राम्रो रहेको छ। बोलीमा मिठास छ। इष्टमित्रबाट स्याबासी पाइनेछ। राजनीतिक क्षेत्रमा भने सतर्कता अपनाउनुपर्नेछ।

मिन
दिन निकै राम्रो छ। चन्द्रमाले आफ्नै राशिमा भ्रमण गर्दै गरेकाले प्रभावशाली शब्दहरु स्फूरण हुने योग रहेको छ। राम्रो रचनाहरु तयार गर्ने इच्छा बढ्नेछ।

शीर्ष समाचार

धेरै पढिएको