February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

हृदयघातबाट पत्रकार कमलराजको निधन

काठमाडौं, पत्रकार कमलराज राईको बिहीबार उपचारका क्रममा निधन भएको छ । हृदयघातका कारण ४५ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनको पार्थिव शरीर शुक्रबार बिहान गृह जिल्ला ओखलढुंगा लगिएको छ । पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत राईको उपचारकै क्रममा हिजो दिउँसो ४ बजे निधन भएको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं कार्यसमिति सदस्य समेत रहेका राईलाई बिहीबार दिउँसो हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पुर्‍याइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको