संयुक्त विद्यार्थी संगठनद्वारा त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी

काठमाडौं, संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालका लागि तालाबन्दी गरेको छ । मंगलबार त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा संगठनले तालाबन्दी गरेको हो ।
मंगलबार (अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू ,अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस कमिटीले त्रिचन्द्रमा तालाबन्दी गरेका हुन् ।
उक्त क्याम्पस प्रमुखको कार्यकक्षमा अराजक संगठन शक्तिहरुले गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति घोर भत्सर्ना गरेको उक्य संगठनले एक विज्ञप्तीमार्फत जनाएको छ ।
जारी विज्ञप्तीमा उक्त कार्यमा क्याम्पस प्रशासन नै मुकदर्शक बनि अराजक तत्व कै सेवामा लागेको हुनाले उक्त कार्य रोक्न तथा सच्याउन अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्