September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु

धरान, कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो ।

त माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

यसैगरी कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको थिए । उनको शवको व्यवस्थापन नियमअनुसार हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको