
बाग्लुङ, बाग्लुङको निसीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् । राति २ बजेतिर खसेको पहिरोले हिराबहादुर बिकको घर पुर्दा उनका १४ वर्षीया विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएका छन ।
पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि बुर्तीवाङ लगिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताएका छन
।





