नेपालमा पुनः भेटियो बर्डफ्लु, १६५० कुखुरा र ५० परेवा नष्ट

काठमाडौं, नेपालमा फेरि पनि बर्डफ्लु संक्रमण पुष्टि देखिएको छ । पशु सेवा विभागका अनुसार मोरङको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू देखिएको पुष्टि गरेको हो ।
कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको हो ।
सोमबार विभागले एक विज्ञप्ति निकाल्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएको छ ।
विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ ।
प्रतिकृया दिनुहोस्