कोरोना तेस्रो लहर: बालबालिकामा कम प्रभाव

काठमाडौं, सरकारले विश्वव्यापी महामारी कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रका अनुसार युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको हो ।
मन्त्रालयले
आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित छन् । जसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन । हिजो सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन् । हिजो यो समूहका ९ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि बालबालिकाको बढी हुने भएकाले बालबालिका कम सङ्क्रमित भएका र सङ्क्रमित भएकामध्येको अवस्था पनि सामान्य रहेको उनले बताइन् । हाल प्राय सबैजसो विद्यालय बन्द भएकाले बालबालिका घरमै छन् ।
तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्