February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ ।थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनि मृर्गौला समस्याबाट पीडित थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापा अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । डा. थापाका श्रीमती र एक छोरा छन् ।

शीर्ष समाचार

धेरै पढिएको