September 23, 2023, Saturday
२०८० आश्विन ७, आईतवार

विदेशमा नेपाली श्रमिक अलपत्र पार्नेलाई कारबाही

File photo

काठमाडौं, सरकारले आकर्षक राम्रो रोजगारी दिने प्रलोभन देखाएर भ्रमण भिसामा विदेश लगेर नेपाली कामदार अलपत्र पार्नेलाई कारबाही गर्ने भएको छ । विगत लामो समयदेखी बेखबर बनेको सरकारले हाल यस विषयमा भने चासो दिएको छ ।

भिजिट भिसामा विदेशमा अलपत्र पार्ने कन्सल्टेन्सी र ट्राभल एजेन्सी सञ्चालकले धमाधम विदेशमा अलपत्र पारेका नागरिकलाई स्वदेश फिर्ता पठाउन थालेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमल उपाध्यायमार्फत यूएईमा पुगेर अलपत्र भएका सात जना नेपाली स्वदेश फर्किएका छन् ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनपछि सो कन्सल्टेन्सीले ती नागरिकलाई टिकट काटेर स्वदेश फर्काएको जनाइएको छ । उनले भ्रमण भिसाका नाममा नागरिक अलपत्र पार्नेलाई कडा कारबाही गर्ने बताएका हुन् ।

विभागले पाँच हजार ३३६ भिसामध्ये यूएईका लागि दुई हजार ८९१ गैरश्रमिक भिसालाई श्रमिक भिसाका रूपमा वैधानिकीकरण गरी श्रम स्वीकृति लिइएको पाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको