कालिञ्चाेक केबलकारले १२ करोडको आईपीओ जारी गर्दै
दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणका लागी शेयर जारी गर्ने भएको छ । कालिञ्चाेक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर जारी गर्ने लागेको हो ।२०७५ कार्तिकबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको कालिन्चोक केबलकारले होटल तथा पर्यटनमा समेत लगानी थप्दै आईपीओ जारी गर्न लागेको जनाएको छ ।

कालिञ्चाेक केबलकारका सञ्चालक बालकृष्ण शिवाकोटीले १२ लाख कित्ता बराबरको आईपीओ चार महिना भित्र जारी गर्न लागेको जानकारी दिए । उनका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत र बाँकी सर्वसाधारणलाई आईपीओ साधारण शेयर निष्काशन गर्न लागेको हो ।त्यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्