जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौं, पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेपछि सवारी साधनमा लागु गरेको जोरबिजोर प्रणालीले यात्रुको भीड बढेको गुनासो हुन थालेपछि हटाउने तयारी गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
शुक्रबार बस्ने काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारी साधहरुमा लागु हुँदै आएको जोर बिजोर हटाउने तयारी गरेका छन् ।
उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर हटाउने र निजी सवारी साधनहरुमा मात्रै लागु गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस्