September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

विदेशमा बस्ने पुरुष ७९ हजार हुँदा महिला डेढ लाख बढे

पछिल्लो १० वर्षको अवधिमा विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढेको पाइएको छ। २०६८ देखि २०७८ सम्म विदेशमा बस्ने महिलाको संख्या १ लाख ६८ हजार ७ सय तीनले वृद्धि हुँदा पुरुषको भने ७९ हजार २ सय ८६ ले मात्रै बढेको छ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।

त्यस्तै १० वर्षअघि विदेशमा बस्ने पुरुषको संख्या १६ लाख ८४ हजार २९ थियो भने त्यो संख्यामा सामान्य वृद्धि भएर हाल १७ लाख ६३ हजार ३ सय १५ पुगेको छ। हाल महिला र पुरुष मिलाएर २१ लख ६९ हजार ४ सय ७८ जनसंख्या स्वदेशमा अनुपस्थित रहेको विभागले जनाएको छ। नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको