September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

नेपालको जनसंख्या २ करोड ९१ लाख

काठमाडौं, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको छ । हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ ।

यसैगरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ रहेको छ । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

१० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । यस्तै विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

शीर्ष समाचार

धेरै पढिएको