April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

मन्टु कुर्मीको हत्यामा संलग्न ५ आरोपी पक्राउ

बिरगंज, मन्टु प्रसाद कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

गत पुष २३ गते चार बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका-६ स्थित ऊखु खेतमा निवासी नागेसर प्रसाद कुर्मीको १२ वर्षिया छोरा मन्टु प्रसाद कुर्मीको घाँटी थिची हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पर्साका प्रहरी उपरीक्षक रनेश कुमार बस्नेतका अनुसार
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-६ का ६४ वर्षिया गोवारि राउत अहिर, सोहि ठाउँका ५५ वर्षिया नग राउत अहिर, ३२ वर्षिया शत्रुधन प्रसाद यादव, ३० वर्षिया मनमोहन प्रसाद यादव र २५ वर्षिया रोहन प्रसाद यादवलाई पक्राउ गरेको हो ।

उनिहरुलाई पक्राउ गरि हाल अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको