October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

सिन्धुपाल्चोकमा कर्मचारी नै संक्रमित भएपछि सबै सेवा स्थगित

सिन्धुपाल्चोक, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सबै सेवा आगामी आइतबारसम्मका लागि प्रभावित भएको छ ।

नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीले हस्तक्षर गर्नुपर्ने पेन्सन पटा, नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गर्नुपर्ने पर्चा, आदेश, सिफारिसका सेवाहरु बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

अहिले सिन्धुपाल्चोकमा ३०५ जना सक्रिय संक्रमित रहेका छन् । हाल सिन्धुपाल्चोकका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षणसहित बिरामी हुन थालेपछि कार्यालयहरुले दिँदै आएको सेवा बन्द गर्न थालिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको