September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

नेपालद्वारा आइओसीलाई १३ अर्ब बढी भुक्तानी

????????????????????????????????????

काठमाडौं, नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपालसरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसनलाई १३ अर्ब बढी भुक्तानी गरेको हो ।

निगमले मूल्य स्थिरिकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघि मूल्य स्थिरिकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग रु एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसैगरी सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको