April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु, प्रचार प्रसार गर्न र मत माग्न नपाइने

काठमाडौं, यहीँ माघ १०। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगक अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको हो ।

सो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । मौन अवधिमा मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाइने व्यवस्था छ ।

आयोगद्वारा सार्वजनिक सुचना अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी सञ्चार माध्यमले समाचार वा सूचना प्रसारण गर्न पाइने छैन ।

आयोगले निर्वाचन मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा मतदाता परिचयपत्रका आधारमा वा नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको