
काठमाडौं, पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ भने उनलाई पहिलो पट्क कोरोना पुष्टि भएको हो ।







