
काठमाडौं, काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत अटेर गरी खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार काठमाडौंमा केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।
यसअघि कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिएका छन् ।







