
काठमाडौं, तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जिकिर गरेका छन् । कोरोना संक्रमणको तेस्रो लहरको प्रारम्भमै उपत्यकामा सिटामोल अभाव भैरहेको बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताएका हुन्
।
पछिल्लो तीन दिनदेखि काठमाडौं उपत्यकामा सिटामोल पाइन छाडेको छ । कोरोनाको औषधि पत्ता नलागेको अवस्थामा हल्का ज्वरो र खोकी कम गर्न सिटामोल प्रयोग हुँदै आएको छ ।
औषधि व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको बताउँदै उनले भने, “आजमात्रै तीन देखि चार चक्की थप आएको छ । भोलिदेखि ५ देखि १० लाख सिटामोल र प्यारासिटामोल थप हुन्छ ।”
यसैगरी नेपाल औषधि व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने श्रेष्ठले जानकारी दिएका छन् ।







