
काठमाडौं, पछिल्लो समय मुलुकमा कोरोना संक्रमीत ह्वात्तै बढेको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढेको हो ।
यसैबीच सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ । हाल, सशस्त्र प्रहरीमा २ सय २१ जनामा सङ्क्रमण देखिएको छ ।
सशस्त्र प्रहरीका डिआईजी तथा प्रवक्ता मन्दिप श्रेष्ठ पनि कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा छन् । नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी खटिएको छ ।







