प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ । आज बसेको प्रदेशसभाको बैठकबाट दुई तिहाइ मतले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको छ । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी हुनुभएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गर्नुभएको थियो ।







