
काठमाडौं, नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् ।
उक्त सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थिए भने नेपाली टोलीले ९ हजार ७ सय १५ किलो खाना तथा लत्ताकपडा लगेर अफगानिस्तान प्रस्थान गरेको थियो ।
यसैगरी उक्त टिममा २६ जना रहेका छन् । उनीहरू आजै स्वदेश फर्किने कार्यक्रम छ ।







