
बिरगंज, नेपाल रेड्क्रस सोसाइटी आदर्शनगर उपशाखाको ३८ औ साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रम शनिबार उपशाखाको सभापति सन्तोष कुमार गुप्ताको सभापतित्वमा र नेपाल रेडक्रस सोसाइटी प्रदेश २ कमिटीको सभापति फूलमहमद मियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू सोसाइटी पर्साको सभापति बीरेंद्र राज कंडेल, बिरगंज महानगरपालिका-१० को अध्यक्ष राम नगीना प्रसाद कानू, समाज सेवी एवं शिवपार्बती मठ एवं अतिथि सदनको अध्यक्ष परमानंद साह कानू र अतिथिरुमा पर्साकै सदस्य मदन गुप्ता, बबिता कुमारी कानूको उपस्तिथि रहेको थियो ।
यसैगरी कार्यक्रमको स्वागत मन्तव्य श्रीमति अंजू श्रेष्ठले गरेकी थिइन भने खादा वितरण गर्ने जिम्मेवारी गुड़िया कुमारी साहले गरेकी थिइन । यसैगरी सो कार्यक्रम पत्रकार राहुल गुप्ता, रमेश कुमार, मनोहर साह र ज्ञानू ढुंगानालाई कोरोना संक्रमण नियन्त्रणमा उल्लेख्य भूमिका निर्बाह गरेबापत आबिर टिका तथा गमछा लगाई सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा पवन अग्रवाल, मनोज कानू, दीपक साह, किशोरी साह, प्रभाकर गुप्ता, कृष्णा कुशवाहा, आनंद गुप्ता, रवि कानू, रवि श्रीवास्तव, राकेश साह कानू, रूपा श्रेस्ठ, संयोष देवी, भारत साह, राज किशोर चौबे, अजय कुमार गुप्ता, मनोज कुमार साह आदिको सहभागिता रहेको थियो भने कार्यक्रमको उदघोषण उपसाखाको सचिव शिव गोयलले गरेका थिए ।










