January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

तातोपानी नाका पूर्णरुपमा सुचारु गर्न व्यवसायी र स्थानीयको माग

file photo

काठमाडौं, व्यवसायी र स्थानीयले चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् । छिमेकी मुलुक चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिँदै बुधबार उपत्यकामा विरोध प्रदर्शन गरेका छन् ।

कोरोना महामारीपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा अझै खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले दैनिक २० वटा गाडीमात्रै भित्रिने गरेको छ ।

भन्सार कार्यालयका अनुसार चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको छ । आयात हुने सामानमा पनि जलविद्युत्का सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् ।

शीर्ष समाचार

धेरै पढिएको