January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

प्रधानन्यायाधीशविरुद्ध कानून व्यवसायीहरुको प्रदर्शन जारी

file photo

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् ।  

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।

यसैगरी उक्त प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताएका छन् । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

शीर्ष समाचार

धेरै पढिएको