August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडी दुर्घटना : मन्त्री सुरक्षित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ।

उनी एक कार्यक्रममा सहभागीका लागि जादै गर्दा धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आज साँझ एउटा निजी कारसँग ठोक्किन पुगेको थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ । मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । उक्त घटनाबाट कुनै क्षति नभएको र मन्त्री आले पनि सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको