
काठमाडौं पाैस २७ गते,नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस पुष्टि भएको छ। हाल उनी होम आइसोलेशनमा छन्।
मंगलबारकाे रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
नेचा नेपालकाे स्वास्थ्य अवस्था सामान्य भए पनि संक्रमित भए पछि उनले तनाव लिएको एक शुभचिन्तकले बताए । नेपालमा पछिल्लो समयकाे संक्रमणले नेतालाई छुन थालेको छ ।







