January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले पीसीआर परीक्षण गरेका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयका अनुसार उनी हाल घरमै आइसोलेसनमा छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना संक्रमण देखिएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको