April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौं, कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार भोलिबाट नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको हो । अर्को सूचना प्रकाशित नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जानकारी दिएकी छन् ।

यसैगरी आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने  पनि बैठकले निर्णय गरेको छ ।

भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको